अध्यक्ष ओली र नेता नेपालबीच होटलमा भेटवार्ता जारी

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले वष्ठि नेता माधवकुमार नेपालबीच पुनः भेटवार्ता सुरु भएको छ।
नक्साल स्थित होटल मेरियटमा दुई नेताबीच् भेटवार्ता शुरु भएको छ। बुधबार साँझ पनि दुई नेताबीच मेरियट होटलमा छलफल भएको थियो र बिहीबार पुनः कुराकानी हुने भनिएको थियो। त्यसअनुसार दुई नेताबीच भेटवार्ता शुरु भएको हो।
कर्णाली प्रदेशमा फ्लोर क्रसको घटना भएपछि प्रधानमन्त्री ओलीले मंगलबार माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन्।
चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले सबैको सांसद पद खोस्ने तयारी गरेपछि दुवै पक्ष छलफलमा जुटेका हुन।