माधव नेपालले भने-‘हिजोको छलफलमा केही आश लागेको थियो, आज त्यो पनि बाँकी रहेन’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे वरिष्ठ नेता माधवकुमार नेपालले कुनै प्रगती नभएको प्रतिक्रिया दिएका छन्।

डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच कुराकानी भएको थियो । त्यसको भोलिपल्ट आज पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।

भेटपछि पत्रकारहरुसँग नेपालले भने, ‘हिजोको छलफलमा केही आश लागेको थियो, आज त्यो पनि बाँकी रहेन। कुराकानीमा कुनै प्रगति छैन।’

मेरियट होटलमा बिहीबार भएको बैठकपछि उनले सो प्रतिक्रिया दिएका हुन्।

नेता नेपालले अगाडि भने,’मिल्ने सम्भावना पनि देखिएको छैन। अब छलफल कहिले हुन्छ थाहा छैन।’ अर्को बैठक वा छलफल कहिले गर्ने भन्नेबारे कुनै मिति तय नभएको समेत नेता नेपालले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button