बझाङमा एक कोरोना संक्रमितको मृत्यु

बझाङ / बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बषिय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए ।

संक्रमित भारतको तामिललाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए ।

जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा एन्टीजेन विधिबाट चेक गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

संक्रमितको थप उपचारको लागि कोहोलपुर लैैजादै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button