मन्त्रिपरिषद् बैठक : जसपाको माग सम्बोधनका लागि मुद्धा फिर्ता लिइने

काठमाडौं । सरकारले जनता समाजवादी पार्टी (जसपा) को माग सम्बोधनका लागि लागि छलफल अगाडि बढाएको छ।

बिहिवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा जसपाले अघि सारेका माग र मुद्दाको बारेमा छलफल भएको एक मन्त्रीले जानकारी दिए।

पार्टीका नेता तथा कार्यकर्तामाथि लगाईएको झुठा मुद्दा फिर्ता लिनुपर्ने जसपाको माग थियो। बिहिवारको मन्त्रिपरिषद बैठकमा सरकारले फिर्ता लिन मिल्ने मुद्दा महान्याधिवक्तामार्फत फिर्ता लिनेबारे छलफल भएको हो।

अदालतमा विचाराधीन र फिर्ता लिन नमिल्ने मुद्दामा भने सरकारले सहजिकरण गरिरिदने भएको छ। त्यस्तै, लाल आयोगको पनि प्रतिवेदन सार्वजनिक गर्ने सरकारले तयारी गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button