नेपालमा पत्ता लाग्याे काेराेनाकाे नयाँ भेरियन्ट, अझै बढी जाेखिमपूर्ण (अपिल)

काठमाडाैं । नेपालमै काेराेना भाइरसकाे नयाँ भेरियन्ट पत्ता लागेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा हालै पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको छ।

हिजो (मंगलवार) मन्त्रालयद्वारा जारी अपिलमा भनिएकाे छ, ‘विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा यो नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा समेत गरिसकेको छ । हाल पत्ता लागेकाे नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जाेखिमपूर्ण रहेकाे अध्ययनहरूबाट पाइएकाे छ ।’

मन्त्रालयका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित ३५ नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी आज प्राप्त नतिजाअनुसार ९७ प्रतिशतमा (३४ वटामा) बी १६१७२ नयाँ भेरियन्ट र ३ प्रतिशतमा बी १६१७१ भेरियन्ट पुष्टि भएको छ। परिवर्तित भाइरससहित हालसम्म नेपालमा तीन किसिमको भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button