देउवाले प्रधानमन्त्री ओलीलाई बुझाए १५ बुँदे ध्यानाकर्षण पत्र

काठमाडौं । कोभिड-१९ नियन्त्रण तथा रोकथाममा पार्टीको राय प्रस्तुत गर्न नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट् गरी १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कोरोना रोकथाम तथा नियन्त्रण र उपचारका विषयमा सरकारको थप सक्रियताको सुझावसहित पार्टीले सातै प्रदेशमा गरेको भर्चुअल मिटिङबाट आएका विषयमा कांग्रेसले ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न, कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन माग गर्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन कांग्रेसका शीर्ष नेता सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता रामशरण महतलगायत सिंहदरबार पुगेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button