मन्त्रिपरिषद् बैठक : प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा निर्वाचन

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिकरुपमै प्रतिनिधिसभा भंग भएको छ ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेर बहादुर देउवा दुवै जनाको बहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button