सीसीएमसीको सीईओमा सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौं । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त भएका छन ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक समितिको सीईओमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन । शर्मालाई सरकारले सचिव सरहको सेवा सुविधा दिएर नियुक्त गरेको हो ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोख्रेल संयोजक रहेको सीसीएमसीले उल्लेख्य काम गर्न नसकेको गुनासो बढेपछि प्रधानमन्त्रीको अध्यक्षतामा निर्देशक समिति बनाइएको छ । सीसीएमसीको संरचनागत फेरबदलका लागि अध्यादेश जारी भइसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button