राष्ट्रपतिद्धारा कोरोना खोप खरीदमा सहजिकरण गरिदिन रुसी राष्ट्रपतिलाई पत्राचार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप खरीदका लागि सहजिकरण गरिदिन भन्दै रुसी राष्ट्रपति भ्लादीमीर पुटिनलाई पत्र लेखेकी छन् ।

यस अघि उनले भारत, अमेरीकाका राष्ट्रपतिलाई पत्र लेखेकी थिईन् भने चीनीया राष्ट्रपतिसँग टेलिफोन संवाद भएको थियो ।
राष्ट्रपति कार्यालयले जेठ १४ गते परराष्ट्र मन्त्रालय हुँदै पुटिनलाई पत्राचार पठाएको छ ।

तर उक्त पत्र मस्कोस्थित नेपाली राजदूतावासले रुसको विदेश मन्त्रालयमा गएर हस्तान्तरण गरिसकेको छैन । उनले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप सहयोगको लागि अनुरोध गरेकी हुन् । उ

क्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपतकालीन प्रयोगको लागि मान्यता दिइसकेको छ । राष्ट्रपति भण्डारीसँगको संवादमा चीनीया राष्ट्रपतिले नेपाललाई थप दश लाख कोरोनाको खोप अनुदानमा दिने घोषणा गरेका थिए ।

सो खोप मध्य दुई लाख डोज आईपुग्ने तयारीमा छ भने आठ लाख डोज खोप लिन नेपाल आफै बेईजिङ जानु पर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button