जनस्तरबाट अक्सिजन प्लान्टका लागि पाँच करोड रूपैयाँभन्दा बढी सङ्कलन

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न जनस्तरबाट पाँच करोड चार लाख ७१ हजार १०० रुपैयाँ बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ ।

नगरपालिकाले उपकरणका लागि यही जेठ ५ गते ख्वप अस्पताल कोभिड युनिटमा अक्सिजन प्लान्ट जडान गर्न भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा रकम उपलब्ध गराइदिन जनस्तरमा नगर प्रमुख सुनिल प्रजापतिले आव्हान गरेका थिए ।

यसपछि उक्त रकम सङकलन भएको जनाइएको छ । नगरपालिकालाइ संघ—संस्था, विद्यालय, कलेज, उद्योगी व्यवसायी तथा स्थानीय दाताबाट प्राप्त रकमबाट आइसोलेशन केन्द्र र एचडियू सञ्चालनका लागि अक्सिजन प्लान्ट व्यवस्था गर्ने भएको छ । सहयोग रकम आउने क्रम जारी रहेको नगरपालिकाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button