२४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना संक्रमण

काठमाडौं– नेपालमा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।

गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ९०१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ जहरा ८७४ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८७५ जनामा संक्रमण पुष्टि भएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button