संक्रमितको उपचारमा स्वास्थ्य सामाग्रीको अभाव हुँदैन : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप पुर्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको निरीक्षण गर्दै मन्त्री श्रेष्ठले विभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सबै नागरिकलाई खोपको पहुँचमा पुर्याइने बताएका हुन् ।

राष्ट्रपतिले अन्य देशका समकक्षीहरुसँग खोपको अपील गरेको र खोपका साथै स्वास्थ्य सामाग्री आइरहेको उनको भनाइ छ । उनले नेपालमा भित्रिएका स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण र रोकथाका लागि प्रयोग गरिने जिकिर गरे । उनले क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा कोरोना संक्रमितको उपचारका लागि कुनै स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो । निरीक्षणका क्रममा अस्पतालका पदाधिकारीले कोरोना उपचारका लागि देखिएको समस्याका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button