नेबिसंघ महामन्त्री तिमल्सिनाबाट अक्सिजन कन्सन्ट्रेटर सहयोग

रातोपाटीन्युज, सिन्धुपाल्चोक ।नेपाल बिद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले चौतारा अस्पताल, जलबिरे प्राथमिक स्वास्थ केन्द्र, बाह्रबिसे नगरपालिकाका नौ वटा वडाका स्वास्थ्य चौकीलाई कोरोना भाइरस संक्रमण उपचारमा आवश्यक अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट, एन नाइटी फाइभ मास्क, स्यानिटाइजर, फेस सिल्ड लगायतका स्वास्थ सामाग्री सहयोग गर्नु भएको छ ।

तीन थान अक्सिजन कन्सन्ट्रेटर, तीस हजार सर्जिकल मास्क, एक हजार पाँच सय एन नाइटी फाइभ मास्क, पाँच सय पिपिई सेट, हजार बढी स्यानिटाइजर, तीन सय फेससिल्ड, ग्लोब्स, मास्क लगायतका स्वास्थ सामाग्री सहयोग गर्नु भएको छ ।

चौतारा अस्पताललाई तीन थान अक्सिजन कन्सन्ट्रेर, अन्य स्वास्थ सामाग्री, जलबिरे प्राथमिक स्वास्थ केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको छ ।

नेपाल मेडिकल एसोसिएसन (एनएमए) बाट अक्सिज कन्सन्ट्रेटर उपलब्ध भएको थियो । अन्य स्वास्थ्य सामाग्री बिभिन्न संघसंस्थाले उपलब्ध गराएका थिए ।

केही दिन अघि उहाँले त्रिपुरासुन्दरी गाउँपालिकाका सबै वडा र सबै आईसोलेसनमा कोरोना भाइरस प्रतिरोधी स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको थियो ।

संक्रमणले गाउँ र बजारबासीलाई ग्रस्त पारिरहेको बेला उपचार र रोकथाम गर्न उक्त उपकरण र स्वास्थ्य सामाग्री सहयोग गरेको महामन्त्री तिमल्सिनाले बताउनु भयो ।

नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति भूपेन्द्र बहादुर थापा, त्रिपुरासुन्दरी गाउँपालिकाका काँग्रेस सभापति देवराज श्रेष्ठ, महिला संघकी जिल्ला अध्यक्ष गीता नेपाल, नेबिसंघ जिल्ला उपाध्यक्ष नवीन श्रेष्ठ लगायतका काँग्रेस नेताहरुले स्वास्थ कार्यालय चौतारा, जलबिरे प्राथमिक स्वास्थ केन्द्र र बाह्बिसे नगरपालिकाका सबै वडाका स्वास्थ चौकीहरुलाई उक्त सामाग्री बितरण गर्नु भएको थियो ।

महामंत्री तिमल्सिनाबाट प्राप्त सामाग्री कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि धेरै उपयोगी हुने स्वास्थ कार्यालय चौताराका बरिष्ठ जन स्वास्थ अधिकृत दुर्गादक्त चापागाँइले जानकारी दिनु भयो ।

तिमल्सिनाले कोभिड १९ महामारी बिरुद्धको अभियान लिएर संक्रमण रोकथाम र नियन्त्रणमा काम गरिरहनु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button