सुशान्त मृत्यु प्रकरणमा अनुसन्धान गर्न सीबीआईलाई सर्वोच्चको आदेश

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले सुशांत सिंह राजपूत मृत्युप्रकरणमा छानबिन गर्न सीबीआईलाई आदेश दिएको छ।शीर्ष अदालतले बुधवार रिया चक्रवर्तीको याचिकामाथि सुनुवाइ गर्दै यस्तो आदेश गरेको हो।

उक्त प्रकरणमा सीबीआईले अनुसन्धान गर्नुपर्ने माग सुरुदेखि नै उठ्दै आएको छ। तर महाराष्ट्र सरकारले यस विषयमा सीबीआईको संलग्नता अस्वीकार गर्दै आएको थियो। उक्त प्रकरणमा हाल मुम्बई पुलिसले अनुसन्धान गरिरहेको छ।

सुशान्तका बुवा केके सिंहले मुम्बई पुलिसको छानविनप्रति विश्वास नभएको भन्दै सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीविरुद्ध पटना पुलिसमा उजूरी दर्ता गराएका थिए। सिंहको उजूरीपछि बिहार प्रहरीले उक्त प्रकरण आफूले अनुसन्धान गर्ने भनेपछि मुम्बई पुलिस र बिहार पुलिसबीच विवाद चल्दै आएको थियो।

बिहार पुलिसले अनुसन्धान अघि बढाएपछि रिया चक्रवर्तीले पटनामा दर्ता भएको मुद्दालाई मुम्बई ट्रान्सफर गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएकी थिइन्।

अदालतको फैसलामा सुशांतकी बहिनी श्वेताले खुशी व्यक्त गरेकी छिन्। उनले लेखेकि छन्, ‘अन्ततः सुशांतका लागि सीबीआई!’

सुशान्त गत जुन १४ मा मुम्बईस्थित आफ्नो फ्ल्याटमा सुशान्त मृत फेला परेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *