सिन्धु बिकासको लामोसाँघुमा २६औं शाखा

रातोपाटीन्युज, सिन्धुपाल्चोक । शुक्रबार सिन्धु बिकास बैंकको लामोसाँघुमा २६ औं शाखा स्थापना भएको छ ।

बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी, नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी, पूर्व सिइओ संजीव प्रधान, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव शम्भु बहादुर तिमल्सिना लगायतका उपस्थितिमा लामोसाँघुमा शाखा उद्घाटन गरिएको छ । शुक्रबारबाट सो शाखाले बैकिङ कारोबार शुरु गरेको छ ।

उक्त बैंकको देशभर २४ शाखा र दुई सिमित बैंकिङ इकाई कार्यालय स्थापना भईसकेको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिनु भयो । लामोसाँघुमा अहिले सम्म कुनै बैंक रहेको थिएन् । बैकिङ पहुँच नभएका नागरिकका लागि घरदैलोमा नै लामोसाँघु शाखा स्थापना गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो । उक्त शाखाले डिजिटल बैकिङ सेवा दिन थालेको छ । शुक्रबारबाट सो शाखामा खाता खोल्नेको चाँप बढेको छ ।

बलेफी गाउँपालिकाको लामोसाँघु, टोप्का, डया्मसाईड, त्रिपुरासुन्दरी गाउँपालिकाको टेकानपुर, सुनकोशी गाउँपालिकाको पाङ्ग्रेटार  लगायत ठाउँका हजारौं नागरिकलाई लामोसाँघु शाखाले सेवा पु-याउने सो बैंकका सिइओ रमेश प्रसाद जोशीले बताउनु भयो । प्रत्येक नागरिकलाई बैंकमा जोड्न लामोसाँघुमा शाखा खोलिएको बैंकका म्यानेजर सिइओ जोशीले बताउनु भएको छ ।

२०७७ भदौं २४ गते सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको पहलमा सिन्धु बिकास बैंक स्थापना भएको थियो । सो बैंकको अहिले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, मकवानपुर, चितवन र दोलखामा गरी २६ वटा शाखा रहेका छन् ति मध्ये दुई सिमित बैंकिङ इकाई कार्यालय रहेको खाडीचौर शाखाका म्यानेजर जीवन श्रेष्ठले जानकारी दिनु भएको छ ।

बाह्बिसेमा केन्द्रीय कार्यालय र बनेपामा कर्पोरेट कार्यालय रहेको छ । अहिले सम्म लामोसाँघुमा कुनै पनि बैंक थिएन् । सो कारण एक घण्टा भन्दा बढी समय लगाएर बाह्बिसे र खाडीचौर गएर बैकिङ कारोबार गर्नु पर्ने समस्या टरेको लामोसाँघुका सेवाग्राही बलदेव श्रेष्ठले खुशी ब्यक्त गनुभयो । बैंकको शाखा स्थापना भएपछि उहाँसंगै लामोसाँघु आसपासका हजारौं नागरिक खुशी भएका छन् ।

माओबादी द्वन्दकालमा लामोसाँघुमा वाणिज्य बैंकको शाखा रहेको थियो । सो शाखालाई माओबादीले ध्वस्त बनाएपछि अहिलेसम्म लामोसाँघुमा कुनै पनि बैंकको शाखा थिएन् । तर अहिले सिन्धु बिकास बैंकले शाखा स्थापना गरिदिएपछि स्थानीयबासीलाई अति सहज भएको बलेफी गाउँपालिका-८ नेपाली काँग्रेस इकाई उपसभापति सुवास तिमल्सिनाले जानकारी दिनु भएको छ ।

लामोसाँघुमा दुई सहकारी संस्था खुलेका छन् । सहकारी संगै बैंकको शाखा पनि खुले पछि लामोसाँघु आसपासबासीलाई अति सहज भएको लामोसाँघुका सेवाग्राही राजु श्रेष्ठले हर्ष ब्यक्त गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button