बाह्रबिसेका प्रभावशाली युवाहरु काँग्रेसमा प्रवेश

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका-५ का प्रभावशाली, बौद्धिक, तार्किक र सामाजिक ब्यक्तित्वको पहिचान बनाएका युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

बाह्रबिसे नगरपालिका-५ का प्रभावशाली, जुझारु, बौद्धिक युवा उद्धव तामाङ नेतृत्वको समूह काँगे्रसमा प्रवेश गरेका हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेत लगायतका काँग्रेस नेताहरुले उद्धव लगायतका युवाहरुलाई पार्टीको सदस्यता दिएर काँग्रेसमा भित्राएका छन् ।

बाह्रबिसे नगर-५ का छिल्टीम लामा, संचित लामा, जय बहादुर तामाङ, शुक्र बहादुर तामाङ, कृष्ण श्रेष्ठ, मुकेश श्रेष्ठ लगायत अन्य स्थानीय तहका युवाहरु काँग्रेस प्रवेश गरेका छन् । नवप्रवेशी उद्धव तामाङले देश र जनतालाई संकट पर्दा काँग्रेसले मात्रै निकास दिएकाले आफू सहितको युवा टोली काँग्रेसमा प्रवेश गरेको बताएका छन् ।

काँग्रेसमा आबद्ध भएर मुलुक र मुलुकबासीको समृद्धिमा काम गर्न काँग्रेसमा प्रवेश गरेको भन्दै सामाजिक ब्यक्तित्व समेत रहेका तामाङले काँग्रेस पार्टी सुदृढ बनाउन आफूले अहम भूमिका निवार्ह गर्ने पनि बताएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य रहेका पूर्व सूचना तथा संचारमंत्री बस्नेतले उद्धव तामाङ नेतृत्वको टोलीलाई काँग्रेसमा उचित स्थान दिने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button