माओवादीबाट आएका ४ सहित ८ जना थपिए एमालेको स्थायी कमिटीमा

काठमाडौं- नेकपा एमालेको स्थायी कमिटीमा ८ जना थप भएका छन् । बुधबार महाधिवेशन आयोजक कमिटी भंग गर्दै एमालेले ८ जनालाई स्थायी कमिटीमा थप गरेको हो ।

स्थायी कमिटीमा समेटिएका एमालेका चार र माओवादीका चार नेता रहेका छन् । महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निष्क्रिय भएको छ ।

प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निस्प्रभावी भएको बताए ।

नेकपा एकता प्रक्रियामा एमालेबाट थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्तसहित माओवादीतर्फ नलागी एमालेमा समाहित भएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा स्थायी कमिटी सदस्य बनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button