काठमाडौं । माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ल्याइएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि रुपन्देहीबाट पक्राउ परेका महरालाई सीआईबीको कार्यालय लाजिम्पाट उपस्थित गराइएको हो ।
सीआईबीमा महराविरुद्ध मुद्दा उठाएर आजै सरकारी वकिलको कार्यालयमा पेस गरिने सीआइबी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।