चिनियाँ राष्ट्रपतिसँगको भर्चुअल सम्मेलनमा ओली, प्रचण्डसहितका नेताहरू सहभागी

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालसहित विश्वका शीर्ष नेतासँग अन्तर्क्रिया गरेको छ । अहिले अन्तर्क्रिया जारी छ ।

नेपालका राजनीतिक दलको तर्फबाट प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागी छन् ।

अन्तर्क्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी भएका छन् । भर्चुअल प्रविधिबाट हुने अन्तर्क्रियामा उनले पनि सम्बोधन गर्ने जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button