चौतारा अस्पताललाई ब्लड स्टोरेज रेफ्रिजेरेटर सहयोग

सिन्धुपाल्चोक, रातोपाटीन्युज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुर्वमन्त्री मोहन बहादुर बस्नेतले बुधबार चौतारा अस्पताललाई एक थान ब्लड स्टोरेज रेफ्रिजेरेटर सहयोग गर्नु भएको छ । यसअघि पनि पूर्वमन्त्री बस्नेतले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रलाई एक थान रेफ्रिजेरेटर सहयोग गरिसक्नु भएको छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाली काँग्रेस भोटेकोशी गाउँपालिकाको कोषाध्यक्ष अमृत कार्की नेतृत्वको समूहले चौतारा अस्पतालका लागि ब्लड स्टोरेज रेफ्रिजेरेटर खरिद गर्न आर्थिक सहयोग गरेको थियो । साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई रेफ्रिजेरेटर खरिदका लागि बलेफी गाउँपालिका-८ का नेपाली काँग्रेस इकाई समितिका उपसभापति सुवास तिमल्सिनाले चार लाख र सोही वडाका काँग्रेस क्रियाशिल सदस्य उमेश प्रधानले एक लाख सहयोग गरेका थिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य बस्नेतले रगत अभावमा बिरामीले मृत्युवरण गर्न नपरो्स भनेर उक्त रेफ्रिजेरेटर उपलब्ध गराएको बताउनु भयो । साथै केही सातामा नै सिन्धुपाल्चोकमा अक्सिजन प्लान्ट स्थापना गराउने उहाँले जानकारी दिनुभयो ।

अक्सिजन प्लान्ट स्थापनाका सबै उपकरण र प्लान्ट राजधानी आईपुगेको बस्नेतले बताउनु भएको छ । चौतारा अस्पताल र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराइएको ब्लड स्टोरेज रेफ्रिजेरेटर चार, चार सय लिटरको रहेको छ ।

आज काँग्रेस नेता बस्नेत, हरिशरण श्रेष्ठ, प्रेमध्वज लामा, क्षेत्रिय सभापति बालकृष्ण बस्नेत लगायतका काँग्रेस नेता कार्यकर्ता चौतारा अस्पताल पुगेर सो रेफ्रिजेरेटर सहयोग गरेका थिए ।

स्वास्थ्य कार्यालयका बरिष्ठ जनस्वास्थ अधिकृत दुर्गादत्त चापागाँईलाई उक्त रेफ्रिजेरेटर हस्तान्तरण गरिएको थियो । सो हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अरुण प्रसाद पोखरेल, जिल्ला प्रहरी प्रमुख राजन अधिकारी लगायतका सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button