कोभिड महामारीमा सहयोग गर्नेलाई सम्मान

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेस बलेफी गाउँपालिका-८ गाउँ इकाई समितिको पार्टी कार्यालय बिधिवत रुपमा संचालनमा आएको छ ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले मंगलबार उक्त कार्यालयको बिधिवत उद्घाटन गर्नु भएको हो। उक्त इकाई समितिका सभापति रमेश कुमार श्रेष्ठले पार्टी कार्यालय उद्घाटनसंगै कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणका लागि अहोरात्र खट्ने अगुवाहरुलाई सम्मान गरिएको जानकारी दिनु भयो ।

सभापति श्रेष्ठका अनुसार कोरोना भाइरस रोकथाम र नियन्त्रणका साथै लामो समय निषेधाज्ञामा परेर दैनिकी कष्टकर बनेका मजदुर, ज्यालादारी, बिपन्न, गरीब, असक्त, असहायहरुलाई खाद्यन्न सहयोग गर्ने समाजसेवी तथा इकाई उपसभापति सुवास तिमल्सिना, उमेश प्रधान, लालकाजी तामाङ, बिचारी पराजुली, राजु श्रेष्ठ, ईश्वर तिमिल्सना लगायतलाई सम्मान गरिएको थियो ।

सोही अभियानमा अग्रपंत्तिमा खटिने राम कुमार श्रेष्ठ, रबिन सुनार, नारायण कार्की, सनिल काफ्ले, चित्र मिजार, दिनेश कुमार श्रेष्ठ, रामचन्द्र थापा लगायतलाई पनि सम्मान गरिएको थियो । उहाँहरु सबैलाई पुर्वमन्त्री बस्नेतको बाहुलीबाट सम्मान गरिएको थियो । सो कार्यक्रममा स्थानीय स्वास्थ्य चौकीलाई अक्सिजन कन्सेन्टर र दुई हजार मिटर पाइप पनि वडाबासीलाई सहयोग गरिएको थियो ।

स्थानीय रबिन्द्र प्रधान र बलदेव श्रेष्ठको अगुवाईमा अक्सिजन कन्सेन्टर उपलब्ध भएको थियो । यस्तैगरि सुनकोशी क्याम्पसलाई स्थानीय रबिन्द्र प्रधानको समन्वयमा पाँच थान कम्प्यूटर र दुई थान फोटो कपी मेशिन र एक थान प्रोजेक्टर सहयोग गरिएको छ । उक्त सहयोग पुमारी कन्सल्टेन्सीबाट प्राप्त भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button