एमालेले २२ सांसदलाई सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले वरष्ठि नेता माधव कुमार नेपालसहित २२ जना सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । एमालले २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीको निर्णय अनुसार सांसदहरुलाई स्पष्टीकरणको पत्र पठाएको हो ।

एमालेका २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको हो । संविधानको धारा ७६ को उपधारा ५ मा सांसदहरु स्वातन्त्र हुन्छन्, भन्ने सर्वोच्च अदालतको फैसलालाई मध्यनजर गर्दै उक्त फैसला आकर्षित नहुने भाषा प्रयोग गरेर एमालेले सांसदहरुलाई स्पष्टीकरण सोधेको छ ।

उक्त स्पष्टीकरण पत्रमा प्रधानमन्त्री शेरबहानदुर देउवालाई विश्वासको मत दिएको बारेमा नसोधी पार्टी र संसदीय दलको विधानविपरीत क्रियाकलाप गरेको लगायत अभियोग लगाइएको छ ।

२४ घन्टाभित्र स्पष्टीकरणको चित्तबुझ्दो जबाफ नदिए साधारण सदस्यलगायत पार्टीको जिम्मेवारीबाट निष्कासन किन नगर्ने भनी प्रश्न सोधिएको छ ।

No description available.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button