निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको विवादमा निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध महन्थ ठाकुर पक्ष सर्वाेच्च अदालत पुगेका छन् ।

उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिने र आफ्नो पक्षलाई नयाँ दल दर्ता गर्न दिने आयोगको निर्णय बदर गर्न माग गर्दै आज शुक्रबार रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन्।

आयोगले जसपा कार्यकारिणी समितिको हेडकाउन्ट गर्दै बहुमत (३४ सदस्य) भएको उपेन्द्र यादव पक्षलाई साउन ११ गते आधिकारिकता दिएको थियो। १६ जना कार्यकारिणी सदस्य भएको ठाकुर पक्षलाई भने प्रचलित कानून अनुसार नयाँ दल दर्ता गर्न सक्ने भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button