चनौटेस्थित रातोपुल बाढीले बगाउँदा टुट्यो हेलम्बुसँगको सम्बन्ध

काठमाडौं– मेलम्ची खोलामा आएको बाढीले हेलम्बु गाउँपालिकास्थित चनौटेमा रहेको रातोपुल बगाएको छ।

साउन १६ गते राती परेको अविरल बर्षाका कारण हेलम्बु गाउँपालिकाको नाकोते भन्ने स्थानमा बाढी थुनिएर आइतबार बिहान साढे सात बजेतिर आएको बाढीले हेलम्बुको रातो पुल बगाएको गोरखापत्रका जिल्ला सम्बाददाता चित्र मिजारले जानकारी दिए।

उनका अनुसार यसअघि असार १ गतेको बाढीले सामान्य क्षति पुगे पनि पुल भने नबगाएको र हाल रातोपुल बगाएसँगै हेलम्बुसँगको सम्बन्ध टुटेको छ भने मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणसमेत प्रभावित बनेको पत्रकार मिजारले बताए ।

यसअघि असार १ गते आएको भीषण बाढीले मेलम्चीमा रहेको पुल बगाएसँगै पाँच पोखरीसँग सम्बन्ध विच्छेद भएको भएको थियो।

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ। त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुलसमेत बगाएको छ। नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button