बाढी रोकिने अबस्था देखिएको छैन : हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा

मेलम्ची । हेलम्बु गाउँपालिकाको अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्ची खोलामा आएको बाढी रोकिने अबस्था नदेखिएको जानकारी दिनु भएको छ ।

साउन १६ गते राती परेको अविरल बर्षाका कारण हेलम्बु गाउँपालिकाको नाकोते भन्ने स्थानमा बाढी थुनिएर आएको बाढी रोकिने अबस्था नदेखिएको बताउनु भएको हो ।
हिजो रातिको बाढीले पुल सहित १२ घर बगाएको छ भने हेलम्बुको चनौटे, गणेशबगर, ग्याल्थुम र मेलम्चीका जमीनहरु बाढीले कटान गर्दै नदीको धार परिवर्तन गर्दैछ ।
असार १ गते पनि भेमाथाङ्गबाट आएको बाढीले मेलम्चीमा सय बढी घर डुबानमा पारेको थियो भने बाढीले हेलम्बुमा ३ जनाको मृत्यु भएको थियो भने १७ जना अझै बेपत्ता छन । त्यसैगरी हेलम्बुको दर्जन पुल, सय बढी घर, सयौं रोपनी जमीन र दर्जन माछा फर्म,बगाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button