माओवादी केन्द्रले आज मन्त्रीको टुंगो लगाउँदै !

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो।

आज बस्ने बैठकमा मन्त्रिपरिषदमा पार्टीको तर्फबाट पठाइने नेताहरुको बारे निर्णय हुने बताइएको छ। यस्तै पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, सरकार विस्तार एवं गठबन्धनका साझा कार्यक्रमबारे पनि बैठकमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

माओवादीले केही दिनभित्रै सरकार विस्तार हुने बताउँदै आएको छ। त्यसकै लागि आजको बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आवश्यक निर्णय गरिसकेको तथा वैधानिकको विषयसमेत टुङ्गिइसकेको र अन्य दललेसमेत आवश्यक निर्णय दिने अन्तिम तयारी गरेकाले सरकार विस्तारमा बिलम्ब नहुने प्रवक्ता श्रेष्ठको भनाइ छ। यसका लागि पार्टी अध्यक्ष प्रचण्डले गठबन्धनका सबै दलसँग छुट्टाछुट्टै तथा सामूहिक छलफल पनि गरिरहेका छन्।

गठबन्धनमा सहभागी राष्ट्रिय जनमार्चाले सरकारमा नजाने निर्णय गरिसकेको छ। यस्तै, नेकपा(एमाले) को माधवकुमार नेपाल समूहले पनि छिट्टै आफ्नो निर्णय दिने तयारी गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button