कांग्रेसको पदाधिकारी बैठक बस्दै, यीन हुन् एजेण्डा

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। दिउँसो ३ बजे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठक १४औं महाधिवेशनका विषयमा केन्द्रित रहनेछ।

आजको बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। यसअघि क्रियाशील सदस्यता छानविन समितिले केही जिल्लाको सदस्यता विवाद समाधान गर्ने जिम्मा शीर्षतहलाई दिँदै प्रतिवेदन बुझाएको थियो।

महाधिवेशन नजिकिए पनि कांग्रेसभित्र सदस्यता विवाद समाधान हुन सकेको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button