संगठन सुदृढीकरणका लागि काँग्रेसको अर्न्तक्रिया

रातोपाटीन्युज, सिन्धुपाल्चोक । नेपाली काँग्रेस बलेफी गाउँपालिका-८ इकाई समितिले सोमबार लामोसाँघुमा पार्टीको संगठन सुदृढीकरणका बिषयमा अर्न्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बलेफी गाउँपालिकाका अगुवा काँग्रेस नेताहरुको सहभागितामा पार्टीको नजिकिएको १४ औं महाधिबेशन, संगठन बिस्तारकाबारे छलफल भएको सो इकाईका सभापति रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

काँग्रेसले गाउँ, टोल पुगेर जनताका सुख दुःखमा साथ दिन पुग्नुपर्ने, आसन्न १५ औं महाधिबेशनमा वडा तहदेखि केन्द्रसम्म सक्षम, योग्य र क्षमतावानलाई जिताउनु पर्ने काँग्रेस नेता सुवास तिमल्सिनाले बताउनु भयो । यस्तै काँग्रेस नेता अमृत अधिकारीले काँग्रेसका सबै खाले संगठनहरु जनप्रतिनिधिहरुले वडादेखि केन्द्रसम्म गरेका अनिमियतता, भ्रष्टाचारबिरुद्ध लाग्नु पर्ने धारणा व्यक्त  गर्नुभयो ।

प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेस बलेफी गाउँपालिका सभापति कृष्णभक्त नेपालले पार्टीको संगठन सुधार र पार्टीलाई गतिशिलता दिन सबै नेता कार्यकर्ता लाग्नु पर्ने बताउनु भयो । काँग्रेस नेता रामचन्द्र थापाले पार्टीप्रति सबै इमान्दार रुपमा प्रस्तुत हुनुपर्ने बताउनु भयो । त्यस्तै नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सदस्य रबिन सुनारले काँग्रेस नेता कार्यकर्ताले जनताको सुख दु:ख र बिकासमा निरन्तर लाग्दै आएको जानकारी दिनुभयो ।

काँग्रेस नेता कृष्ण प्रसाद आचार्यले पार्टीका आन्तरिक समस्या समाधान गरेर सहमतीय रुपमा पार्टीलाई हाँक्नु पर्ने धारणा राख्नु भयो । त्यस्तै काँग्रेस नेता उमेशलाल प्रधानले काँग्रेसलाई वडादेखि केन्द्रसम्म बिजयी बनाउन सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । उक्त अर्न्तक्रियामा पार्टीलाई बलियो र जनताको भरोसायोग्य बनाउन काँग्रेसका पूराना नेता राम कुमार श्रेष्ठले सुझाव दिएका थिए । सो कार्यक्रममा सहभागी सबैले काँग्रेसलाई वडादेखि केन्द्रसम्म पहिलो र ठूलो पार्टी बनाउन लाग्ने प्रतिबद्धता गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button