नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक आज

काठमाडौं । नेकपा एमालेबाट विभाजन भएको बनेको नेकपा (एकिकृत समाजवादी) को आज केन्द्रीय कमिटी बैठक बस्दै छ । चन्द्रागिरि रिसोर्टमा आज केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

आजको बैठकमा पार्टीको विधान पारीत गरीने एक सांसदले बताए । नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान अध्ययनका लागि आजै वितरण गरिने छ । विधान अध्ययनपछि छलफल गरेर पास गर्ने केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन ।

आज बस्ने केन्द्रीय कमिटीको बैठले प्रस्तावित पार्टीको नयाँ विधान अध्ययन गरेर आएको सुझाव सहित पास गर्ने बताइएको छ ।

नयाँ पार्टी दर्ताका लागि भोलि (बुधबार) निर्वाचन आयोगमा सनाखत गर्न नेकपा एकीकृत समाजवादीलाई बोलाएको छ । त्यसअघि नै प्रस्तावित केन्द्रीय कमिटीको बैठक बसेर विधान पास हुने बताइएको छ ।

माधव नेपालसहित उनी पक्षीय सबै नेताहरु आज बैठक बसेर बुधबार मात्र सनाखत गर्न आयोग पुग्ने योजना तय भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button