दर्जनौ बिरामीलाई आर्थिक सहयोग गर्दै समाजसेवी सुवास

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बलेफी गाउँपालिका-८ का काँग्रेस युवा नेता तथा समाजसेवी सुवास तिमल्सिनाले सिन्धुपाल्चोक र अन्य जिल्लाका बिभिन्न रोगले जीवनमरणको दोसाँधमा रहेका बिरामीहरुको जीवन रक्षाका लागि आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

उहाँले अहिलेसम्म बिभिन्न जटिल रोगले थलिएका दर्जनौ बिरामीहरुलाई उपचारका निम्ति लाखौं रुपियाँ नगद सहयोग गर्दै आउनु भएको छ । केही दिन अघि बाह्रबिसे नगरपालिका-९ राम्चे इटिनीका मृगौला पीडित चन्द्रमान तामाङलाई दश हजार रुपियाँ नगद सहयोग गर्नु भएको छ । तामाङ दुबै मृगौला फेल भएर अस्पतालमा उपचाररत रहेका छन् ।

भोटेकोशी गाउँपालिका-४ थामीगाउँका आन्द्राका समस्या भएका राम बहादुर थामीलाई उपचारका लागि समाजसेवी तिमल्सिनाले दश हजार नगद सहयोग गर्नु भएको थियो । धूलिखेल अस्पतालमा पुगेर बिरामी थामीलाई सुवासले नगद सहयोग गर्नु भएको थियो । थामी आन्द्रो गाँठो परेर बिरामी थिए ।

बाह्रबिसे नगरपालिकाका कलेजो पीडित कुमार श्रेष्ठको उपचारमा समाजसेवी तिमल्सिनाले दश हजार रुपियाँ सहयोग गरेको बिरामी श्रेष्ठकी पत्नी सुस्मा श्रेष्ठले धन्यबाद ब्यक्त गरेकी छिन् । त्यस्तै तिमल्सिनाले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले कोभिड-१९ संक्रमण न्यूनिकरण गर्न स्थापना गरेको राहत कोषमा २५ हजार ९९९ रुपियाँ नगद सहयोग गर्नु भएको थियो । सो संघले राहतकोषबाट कयौं बिरामीहरुले स्वास्थ्य सेवा पाएका थिए ।

यी त उदाहरण मात्रै हुन् की समाजसेवी तिमल्सिनाले दर्जनौ बिरामीलाई उपचारका लागि नगद सहयोग गर्दै आउनु भएको छ । पहिलो र दोश्रो चरणको कोभिड-१९ संक्रमणमा सिन्धुपाल्चोक र बिभिन्न जिल्लाका नागरिकलाई संक्रमणमूक्त राख्न काँग्रेस युवा नेता तिमल्सिनाले लाखौं रुपियाँको स्वास्थ्य सामाग्री, एम्बुलेन्स सेवा प्रदान गर्दै आर्थिक सहयोग गर्दै आउनु भएको छ ।

बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा ब्लड स्टोरेज रेफ्रिजेरेटरलाई पाँच लाख, कोभिड-१९ लकडाउनमा बलेफी गाउँपालिका ८ मा तीन सय बोरा चामाल, दाल, तेल, नुन लगायतका सामाग्री सहयोग गर्दै आउनु भएको छ । उहाँले बिभिन्न मन्दिरलाई नगद सहयोग पनि गर्दै आउनु भएकोे छ ।

घरायसी खर्च कटाएर बिरामीलाई सहयोग गर्दै आएको युवा व्यवसायी यी समेत रहनु भएका तिमल्सिनाले जानकारी दिनु भयो । आपतबिपतमा परेकाहरुलाई सहयोग गर्नु नै मानवीय सेवा भएकोले गच्छे अनुसारको सहयोग गर्दै आएको उहाँको भनाई छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button