“मनको डेरा” मार्फत कलाकारितामा तबु वाईबाको नयाँ पाईला (भिडियो सहित)

काठमाडौं । गायक एवं संगितकार विश्व दोङले “मनको डेरा” नामक गीति एल्बम सार्वजनिक गरेका छन् ।

काठमाडौंमा यहाँ पत्रकार सम्मेलन गर्दै गायक दोङलेआफ्नै युट्युब च्यानलमार्फत “मनको डेरा” नामक गीति एल्बम सार्वजनिक गरेका हुन् । मनको डेरा सार्वजनिक गरेको ठिक १ हप्ता पश्चात् “चोली त राम्रो गोईजिन” को सार्वजनिक गर्ने निर्माण पक्षले जानकारी दिएका छन् ।

दोङको आफ्नै शब्द, संगित, एरेन्ज अनि स्वर रहेको “मनको डेरा” एल्बममा सुमधुर स्वरकी धनी वाईबाले साथ दिएकी छन् । गला अनि कलाकी धनी १६ वर्षीय तबु वाईबा कलाकारिताको यात्रामा होमिएकी छन् । भर्खरै कक्षा ९ मा अध्यनरत वाईबाले सानै उमेरमा गायक एवं संगितकार दोङको साथमा “मनको डेरा सँगै ” चोली त राम्रो गोईजिनको” गीत लिएर आएकी हुन् ।

सानै उमेर भएपनी उनी अभिनयमा पोख्त र उनको गाएकीमा निखारपन रहेको गायक दोङ बताउनुहुन्छ । वाईबामा गायनमा राम्रो सम्भावना देखिएकोले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।

गायक एवं संगितकार दोङले कलाकारितामा नयाँ प्रतिभाहरु आइरहँदा विगतमा थोरै व्यक्तिहरुले दु:खका साथ धानेको तामाङ कला क्षेत्र हराभरा भएको महशुस भएको बताए । गायक दोङले आफ्नै व्यक्तिगत युट्युब च्यानलमार्फत अपलोड गरिएको भिडियोलाई सबैले हेरेर सल्लाह सुझाव दिन र सब्स्क्राईब गरिदिनुहुन समेत आग्रह गर्नु भएको छ ।

गितको मिक्सिङ दिपेश प्रधानको रहेको छ भने सरगम स्टुडियोमा रेकर्ड गरिएको हो । अभि लामाको निर्देशनमा बनेको भिडियोको छायांकन, ड्रोन फरज अर्पनको रहेको छ । समग्रमा गित र भिडियो उत्कृष्ट बनेको छ । भिडियो फ्रेमिङ, कलरिङ देखि लेकेसन भिडियोको राम्रो पक्षको रुपमा लिन सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ;

https://youtu.be/dE3TMd_yvGs

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button