समाजवादी प्रेस संगठन चितवनको अध्यक्षमा पत्रकार टिकादत्त तिमिल्सिना

पुनम लामिछाने, चितवन । नेकपा एकीकृत समाजबादी निकट पत्रकारको चितवन जिल्ला कमिटी गठन भएको छ ।

संविधान दिवसको पूर्वसन्ध्यामा भरतपुर चितवनमा आयोजित एक कार्यक्रममा पत्रकार टिकादत्त तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समाजवादी प्रेस संगठन नेपाल चितवनको कार्यसमिति घोषणा गरिएको हो । सोहि, कमिटिमा उपाध्यक्षमा ज्ञानेन्द्र तामाङ, सचिवमा रामु आचार्य, सहसचिवमा सरस्वती लामा, कोषाध्यक्षमा बबिलाल तामाङ चयन भएका छन् । भने अन्य सदस्यहरुमा बिनोद मण्डल, उषा श्रेष्ठ, शंकर श्रेष्ठ, मिलन चेपाङ, शिवजी गायक, पुनम लामिछाने, पारस रेग्मी, डिलकुमारी नेपाल र प्रमुख सल्लाहकारमा हरिप्रसाद अधिकारी समेत रहनु भएको छ ।

भेलामा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल, जिल्ला अध्यक्ष डा. कृष्ण पन्त लगायतको उपस्थिति रहेको थियो ।

केन्द्रमा संगठन बिस्तार गरिए पनि जिल्लामा भने संगठन बिस्तार गर्ने चितवन पहिलो भएको र संगठनको लोगो पनि पहिलो पटक आज नै चितवन भेलामा सार्वजनिक गरिएको नेकपा एसका केन्द्रिय सदस्य एलनले जानकारी दिनुभयो ।

पत्रकार महासंघ चितवन कार्यसमितिमा समाजबादी प्रेस संगठनका २ जना सदस्य रहेका छन् भने समाजवादी प्रेस संगठनले यो पहिलो जिल्ला भेला हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button