दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि

काठमाडौं– यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिदेखि खोल्ने भएको छ।

अनलाइन प्रणालीमा गएकाहरूको अनलाइन र नगएकाहरूको टिकट काउन्टरमै पुगेर बुकिङ गर्न सकिने विभागका सूचना अधिकारी डा लोकनाथ भूसालले जानकारी दिए।

विभागले गएको वर्षदेखि नै लामो दूरीका बस सेवा सञ्चालकलाई अनलाइन बुकिङ प्रणालीमा आउन आग्रह गरेको थियो। तर, कोरोना महामारीका कारण पर्यटकीय क्षेत्रका बाहेक अनलाइन प्रणालीमा आइनसकेको उनले जानकारी दिए।

डा भूसालले भने, ‘यसपल्ट पनि पूर्ण अनलाइन प्रणालीमा जान सकिएन। त्यसैले भीडभाड नगरी बुकिङ सेवा प्रदान गर्न यातायात व्यवसायीलाई निर्देशन गरिएको छ।’ यसपालिको दशैं असोज २१ गतेदेखि सुरु हुँदैछ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button