चर्चित हलिउड अभिनेता बोसम्यानको निधन

चर्चित हलिउड अभिनेता चाडविक बोसम्यानको निधन भएको छ।

ब्ल्याक प्यान्थर चलचित्रबाट ठूलो ख्याति कमाएका बोसम्यानको ४३ बर्षको उमेरमा निधन भएको हो ।

उनको क्यान्सरका कारण मृत्यु भएको बीबीसीले जनाएको छ।

चारवर्ष अगाडिदेखि उनी कोलोना क्यान्सर ‘आन्द्रासँग सम्बन्धित रोग’ बाट पीडित थिए। बोसम्यानको अमेरिकाको लस एन्जल्सस्थित निवासमा निधन भएको हो।

बोसम्यानले अभिनय गरेका ज्याकि रोबिनसन र गेट अन अप चलचित्र पनि निकै सफल थिए।

सन् २०१८ मा उनले अभिनय गरेको ब्ल्याक प्यान्थर निकै सफल बनेको थियो। एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *