रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्चले रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ ।

दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । तर रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज पु-यायो र बनिबनाउ फर्जी आरोप लगाएको थियो ।

त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको हो । उनलाई पुनः धरपकड नगर्न पनि अदालतले भनेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button