भोलि मध्यरातबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौं- सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
एक मन्त्रीका अनुसार भाेलि शुक्रबार राति १२ बजेबाट संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको छ। बिहीबारै बसेको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस समेत गरेको छ।
भारतका लागि राजदूत सिफारिस गरिएका शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन्। यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ती देशका राजदूत फिर्ता बोलाइसकेको छ।