तातोपानी नाका तत्काल खुलाउने सभामुखको प्रतिबद्धता

रातोपाटीन्युज, सिन्धुपाल्चोक । प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले तातोपानी नाका तत्काल पूर्णरुपमा खुलाउन पहल गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

गृह नगर चौतारामा शनिबार राष्ट्रिय वाणिज्य बैंकको शाखा उद्धघाटन गर्दे सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधि साँसद समेत रहनु भएका सापकोटाले उक्त नाका पूर्णरुपमा खुलाउन चीनियाँ सरकारका बिभिन्न पक्षसंग बृहत छलफल गरिरहेको बताउनु भयो ।

२०७२ सालको भूकम्पका कारण बन्द तातोपानी नाका आफ्नो पहलमा खुलेको स्मरण गराउदै सभामुख सापकोटाले उक्त नाकालाई अझै पूर्णरुपमा खुलाउन आफूले चीन सरकारलाई आग्रह गरिरहेको बताउनु भएको छ ।

सो नाका पूर्णरुपमा संचालन गराउनका लागि चीनियाँ राजदुत र सम्बन्धित निकायसंग दुबै देशका सरकारको छलफल भईरहेको उहाँले बताउनु भयो । आफूले पनि उक्त नाका पूर्णरुपमा संचालन गराउन चीनियाँ सरकारसंग पटक पटक आग्रह गरेको बताउनु भएको छ ।

नेपाल सरकारले चीन सरकारसंग तत्काल उच्च स्तरीय छलफल गरेर तातोपानी नाका पूर्णरुपमा खुलाउन पहल गर्नु पर्ने सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतले बताउनु भयो ।

भूकम्पपछि तातोपानी नाका पूर्णरुपमा संचालनमा नआँउदा तातोपानी नाकामा ब्यापार गर्ने हजारौं ब्यबसायी पलायन भईरहेकोले नाका छिटो संचालन गर्न सरकार लाग्नु पर्ने अध्यक्ष बस्नेतले बताउनु भएको छ ।

जुरे पहिरो, भूकम्प, बाढीपहिरोको कारण देखाउदैं चीनले एकतर्फी रुपमा तातोपानी नाका बन्द गराउदैं आएको छ । एक बर्षअघिबाट उक्त नाका आँशिक रुपमा खुलेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button