लुम्बिनी विकासको नयाँ गुरुयोजना रोकिएकोमा राष्ट्रपतिको चासो

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि रोकिएको भन्दै चासो व्यक्त गरेकी छन् ।

लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको आइतबार उदघाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘लुम्बिनीको विकास गर्न गुरूयोजना बनेर पनि किन रोकिएको छ ? आन्तरिक कारण के हो ? यो विषयमा पनि सबैले गम्भीर भएर सोच्नुपर्ने हुन्छ ।’

राष्ट्रपति भण्डारीले गौतमबुद्ध नेपालमै जन्मिएको र नेपालको गौरवसमेत रहेको बताएकी छन् । ‘म एउटै कुरा भन्छु, गौतमबुद्धको जन्म नेपालमै भएको हो’ उनले भनिन्, ‘गौतमबुद्धले आफ्नो लामो तपस्याबाट ज्ञानआर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो । बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ, त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ ।’

विश्वमा कुनै पनि देशले कुनै न कुनै रूपमा बुद्धको सोच र दर्शनलाई अपनाएको भण्डारीको भनाइ छ । ‘नेपालमा विकास गर्न पैसाको कमी होइन’ भण्डारीले भनिन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button