भूमि आयोगमा थपिएका चार सदस्यले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई आजै भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र)को सिफारिसमा बासुदेव हुमागाईं छन् ।

शपथ खुवाएपछि अध्यक्ष निरौलाले भने, “पहिलो प्राथमिकता भूमिहीन दलित र सुकुम्वासीका समस्या समाधानमा रहन्छ,” निरौलाले भने, “त्यसपछि अव्यवस्थित बसोबास व्यवस्थापनमा लाग्नेछौँ ।”

अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरेपछि सरकाले निरौलाको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो । अब यही आयोगले देशव्यापी रूपमा आयोगका शाखाहरू गठन गर्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button