राप्रपा अध्यक्ष लिङ्देनलाई विश्वप्रकाशको सुझाव: ‘राजतन्त्र फर्काउने भ्रम त्यागौ’

झापा । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले राजतन्त्र फर्कन्छ भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।

कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित भएपछि गृह जिल्लामा शर्माले आभार कार्यक्रमको आयोजना गर्दै उनले कुनै राजनीतिक दलको नेतालाई राजतन्त्र फर्कने भ्रम भए त्याग्न आग्रह गरे।

राजतन्त्र फर्कने र अन्य कुनै राजनीतिक व्यवस्था ल्याउने सपना नदेख्न आग्रह गर्दै उनले अहिलेको व्यवस्थाले व्यवस्था ठीक भएको र अब अवस्था परिवर्तन गर्न आवश्यक रहेकोले सबैलाई समेट्ने बताए ।

आफू महामन्त्री भएपछि विगतमा गरेका वाचा पूरा गर्न प्रतिबद्ध भएको उनको भनाइ थियो। उनले विगतमा ठूला राजनीतिक परिवर्तन भएको र अब राजनीतिमा परिवर्तन आवश्यक रहेको बताए।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button