मधेश प्रदेशमा शितलहरले जनजीवन कष्टकर

बिशु गुरुङ, रौतहट । मधेश प्रदेशका जिल्लाहरूमा एक्कासि बाक्लो हुस्सु र शितलहर चलेपछि जनजीवन प्रभावित हुन पुगेकाे छ ।

आइतबार विहानैदेखि यस क्षेत्रमा चिसो बढेको छ । एक्कासि चिसो बढेपछि मधेश प्रदेशका क्षेत्रहरुमा सर्वसाधारणको चहलपहलसमेत घटेको छ ।

चिसो बढेपछि स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न सुरु गरेका छन् आइतबार बिहानै ६ बजे लागेको बाक्लो हुस्सुको कारण सवारी साधनहरुले पनि लाइट बालेर चलाउनुपर्ने अवस्था छ । हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ ।

कोरोना महामारीको समयमा प्रदेश २मा एक्कासि शितलहर र चिसो बढेपछि‌ दम रोगी र निमोनिया रोगीहरुलाई स्वास्थ्य समस्या हुन थालेका छन् । मौसम विभागका अनुसार केहि दिन तराई‌का मैदानी भागमा बाग्लो हुस्सु शितलहर रहने जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button