“अधिकाङ्श युट्युब्बे: लगाम बिनाको रातो घोडा” 

सुचना प्रविधिको विकासले संसारएकै छानो मुनीको घरजस्तै भएको वर्तमान दुनिँया अनि बढ्दो ग्लोबलाईजेशनको प्रभावले आज हामी हिजोका दिनमा जस्तो परेवाको खुट्टामा चिट्ठी पत्र बाँधिदिएरलैजा चरी हावा सरीभनेर आसे भरोसे अवस्थामा पक्कै बस्नु परेको छैन । श्रीमती गर्भवती भएको खबरसहितको चिट्ठी ससुराली पठाएको ज्वाइले छोरी जन्मेर कक्षा ३ मा पढ्दा मावली घर जाँदा त्यो पत्र त्यही दिन पुगेको जस्तो हुलाकको विलम्ब सेवा पनि अबको पुस्तालाई केवल एकादेशको कथा जस्तै लागिसकेको छ । हिजो जसरी सुचना गुमराहमा बस्नु पर्ने अवस्थामा छैनौँ हामी आजका दिनमा ।

२००७ सालमा मुलुकमा प्रजातन्त्र आएको कुरा हुम्लाका जनताले २००८ सालको अन्त्य तिर सुनेका थिए रे । प्रवेशिका परिक्षाको नतिजा हेर्न हिजो केवल एक मात्र सरकारी समाचार पत्र थियो, नतिजा आएको एक साता भन्दा पछि सदरमुकाम पुगेर गएर पत्रिका ल्याएपछी मात्र जानकारी पाइन्थ्यो । धेरै पनि भएकै छैन, केहि बर्षकै अन्तरालमा सञ्चार जगतले हाम्रो देशमा यत्ति छिटो पाइला चालिरहेको छकि, यसले अन्य धेरै पुर्वाधारका सुचाङ्कलाई समेत पछी पार्दै आफुलाई अब्बल साबित गरेको छ । हाम्रो जस्तो बिकासोन्मुख मुलुकमा त यसले यति चाडो आफ्नो प्रभाव बिस्तार गरेको छ भने झन बिकसित मुलुकहरुमा सुचना प्रविधिको विकास कसरी भइरहेको होला हामी सहजै अनुमान लगाउन सक्छौ । 

आज यहाँ प्रस्तुत गर्न लागिएको विषय भनेको युट्युब मिडिया अनि यसले समाजमा फैलाईरहेको विकृतीसँग सम्बन्धित छ । यो ट्रेन्ड नेपालमा मात्र हो त भनेर बुझ्दै जाँदा यसले सारा बिश्वभरी नैबेतुकको खबरलाई चाँडो फैलाउने (भाइरल) हुने प्रवृति रहेको पाइयो । जुन कुराको नियमन गर्न धेरै मुलुकहरुले प्रभावकारी संयन्त्र नै बनाएर परिचालन गरिसकेको र यस्ता किसिमका अफवाह फैलाउने काम गर्ने सबै सामाजिक सञ्जालहरुलाई कारवाही गर्ने गरेको पाइयो ।  वास्ताविक सुचनालाई अनावश्यक रङ्ग लगाई अनेकौ फुलबुट्टा भरेर कुन शब्द, शिर्षकले तुरन्तै कौतुहलता देखाउँछन, त्यो शिर्षक लेखी भित्र बेतुकको समाचार सामाग्री राख्ने मुलुकमा सायद हाम्रो नाम अग्रपङ्ती मै सायदै आउँछ होला । के यी अफवाह कै निमित्त मात्र यस्ता सामाजिक सञ्जालको प्रार्दुभाव भएको हो त ? यि र यस्ता बिषयमा कलम चलाउनु अघि यसको इतिहास अध्य्यन गर्नु आवश्यक भएको हुँदा मैले बुझेसम्म देहाय अनुसारका लागी यस्ता केहि तीन महत्वपुर्ण सञ्जालको विकास भएको पाइयो :

फेसबुक :

युवा विद्यार्थी जुकर्वर्कले सन २००५ मा आफ्ना हरायका प्रियजन भेट्न सकिन्छ कि भन्ने हेतुले स्थापना गरेका एक गुगल इन्जिनले अत्यन्तै छोटो समय मै यति लोकप्रियता हासिल ग-यो कि आज विश्वको १ दशमलब ७ बिलियन जनसंख्याले यो सेवाको प्रयोग गरिरहेको पाइएको छ । सन २००७ मा यसको व्यापक सम्भावना देखेर विश्वको ठुला औद्योगिक घराना माइक्रोसफ्टले यो सञ्जाल आफैले खरिद गरी यसका संस्थापकलाई नै प्रमुख बनाएर सेवा प्रवाह गर्न लागेपछि भने ती युवा विद्यार्थीले कहिलै पछाडी फर्केर हेर्नु परेन यानीकी यसले यत्ती चाँडै छलाङ मारेर एक कोशेढुङ्गा नै साबित गरिदियो । समाजिक सञ्जाल मध्य सबै भन्दा लोकप्रिय यो सञ्जाल बनाउने बिद्यार्थी हिजो कलेज फी तिर्न पार्ट टाइम काम गर्ने गरेकोमा अहिले फोर्ब्स म्यागजिनका अनुसार उनी बिश्वको पाचौ धनी ब्यक्ती भित्र परेका छन ।

टिकटकः 

लिप सिङ सँगै भिडियो बनाएर मनोरन्जन गर्ने हेतुले यसको सेवाको स्थापना सन् २०१६ मा चिनिया नागरिक झाङ यिमिङले गरेका थिए । स्थापनाको सुरुवाती मै सम्भवत यसले जस्तो व्यापकता अरुले पाउन सकेको छैन सायद । यस आर्थिक वर्षमा यो एप्सले संसारको सबै भन्दा धेरै मानिसहरुको मन जितेको कुरा उल्लेख भए सँगै एप्सले फेसबूक कम्पनीलाई उछिन्दै सबै भन्दा बढी आम्दानी गर्ने कम्पनी बन्न सफल भएको छ । एक प्रतिवेदन अनुसार हाल यसमा ७९८ मिलियन मानिसहरुले आफ्नो खाता खोलिसकेका छन भने सन २०२१मा यसले १३२.९ मिलियन अमेरिकी डलर मुनाफा आर्जन गरेको थियो ।

युट्युब :

सन २००५ मै हुर्लेल्र्री चेड हर्ली, स्टीब चेन अनि जावेद कारीम नामक एप्पल कम्पनीका दिग्गज आइटी इन्जिनियरहरुको संयुक्त पहल कदमीमा यसको सुरुवात अथवा आविस्कार भएको मानिन्छ । फेब्रुअरी १४ यानिकी प्रणय दिवसका दिन डेटिङ साइट्का लागि बनाएको यस साइटले पनि स्थापनाको छोटो समयमै यसले पनि आफ्नो विकासमा फेसबूकले झै छलाङ नै मारेको छ । स्थापनाकै १८ महिना पश्चात गूगल जस्तो प्रसिद्ध इन्जिनले यो खरिद गरेपश्चात यसले दिन र्दुइ गुणा रात चौगुणा ब्यापकता पाएको हो । एक सर्वे अनुसार हाल युट्युबमा दैनिक सरदर एक करोड भिडियो अपलोड हुने गर्दछ भने हाल यसको प्रयोगकर्ता डेढ अरब भन्दा माथी रहेको छ । तर तत्समय तत्कार्यका लागि स्थापना भएका यस्ता सञ्जालहरु मध्य हाम्रो मुलुकमा आइपुग्दा युट्युब मिडियाहरुले पस्कने अतिरञ्जना सहितको बेतुके खबरले जग हसाँइ भइरहेको छ । के भन्दा चाँहि धेरै भन्दा धेरैले त्यो हेर्छन अनि आफ्नो भ्युज र सब्स्क्राइब बढ्छ, त्यस्तै त्यस्तैपाङ न पुच्छरका शिर्षक राखेर अतिरञ्जनासहित खबर सम्प्रेषण गरिरहँदा विपद्को बेलामा जनताहरु थप अन्यौलमा हुने र झन डर चिन्ता थपिने गर्दछ । यस्ता भ्रामक खबरले जनमानसमा पार्ने प्रभाव आँकलन नै नगरी इलजिकल कुरालाई बढाइ चढाइ गर्ने प्रवृतिले त्यसै त चिन्ता र डरको अवस्थामा बसेका सर्वसाधारणहरुमा थप चिन्ता बढाउने काम यिनै कुपात्रहरुले गरिरहेका छन ।

यसो बाहिर तिरका बिदेशी मिडियाहरु हेर्यो, जहाँ कत्ती चाखलाग्दा समाचारहरु आइरहेका हुन्छन, विश्वका मिडियाहरुलेआज नासाका बैज्ञानिकहरुले यो पत्ता लगाए, विश्व बजारमा आज यती अङ्कले कारोबार भयो, इरान र उत्तर कोरियाले संयुक्त रुपमा सैन्य अभ्यास गर्ने घोषणा, एप्पल कम्पनीले माइक्रोसफ्टसँग मिलेर यति रकम समाजसेवाका लागि बिनियोजन लागायतका खबर पस्किरहेको बेला तर हाम्रा बिचरा मिडियाहरु चाँहीएस बाट नाम आउनेले मिठो खाना पकाउछ्न रे, सुपा देउराली मन्दिरः जहाँ लाईक गर्दिना साथ नसोचेको कुरा पुरा हुने गर्छ्, भुमिसुधार मन्त्रीले स्याङ्जा पुगेर गरिन कर्मचारीहरुलाई निर्देशनः काम राम्रो सँग गर्नु, २०७२ सालको भुकम्प जाँदा, सबै जनता डर चिन्तामा बसिरहेका बेला यिनीहरु चाँहि अझै ९ रेक्टरको भुकम्प जान्छ भनेर नासाले भन्यो रे, एकछिन पछी आउछ रे, यती बजे आउछ रे, उति बजे आउछ रे, अनेक अनेक डर देखाइदिएर आफ्नो भ्युज बढाउन खोज्ने तोरी लाहुरे प्रवृती बाहेक अरु केहि बाकी देखिन्न ।

बिषय केहि पाउदैनन अनि कहिले जोगी, कहिले भोगी, कहिले ढोङ्गी, कहिले रोगीलाई मिडियामा स्थान दिएर आफ्नो गुजारा चलाउने परिपाटी । खबरको हेडिङ देख्दा पनि झर्को लागेर आउने हुन्छन । उदाहरणका लागि जस्तै शिल्पा रुँदा-रुँदा साउन भदौको बर्खाको पानी भन्दा धेरै आँसु झर्यो, दयाहाङ राइलाई सन्तान प्राप्ति, के जन्मियो हेर्नुहोस्, बरिष्ठ बिश्लेषक पुण्य गौतमले गरे एक खुलासाः यो सरकार जनताको हितमा छ, अन्तरवार्ता मै सुरेन्द्र केसी यसरी भक्कानिए, धुर्मुस सुन्तली कै सामुन्ने सुबोध गौतमले पिसाब उम्कने गरी यसरी हसाए, बरिष्ठ नारी अधिकारबादी नेत्री साबित्री सुबेदीले भनिन्ः आफ्नो रजस्वलाको रगतले मन्दिरको भित्ता पोत्न मन छ, सासु बुहारीको झगडामाः हेर्नुहोस बुहारीको एक मुठी कपाल भुत्याएर सासुले भनिन्ः अझै रिस मरेको छैन्, हनिमून पछि नायिका रिचा शर्मा पहिलो पटक मिडियामाः भनिन मज्जा आयो, अध्यक्ष प्रचण्डले बिहान-बिहान एक्सरसाइज गर्न साइकल चलाउछन्, आम्मामागगन थापाको अहिले सम्मको डरलाग्दो खुलासा : कम्युनिस्ट सरकारले जनहितमा काम गर्न सकेनन्फलानो नेताले सार्वजानिक मिडियामा भने देशको विकास गर्नु पर्छल हेर्नुस्, अनुले आज यसरी आँशु झारिन् । देवर भाउजुको गोप्य भिडियो च्याट बाहिरियो । पुण्य गौतमले यसरी लोपारिदिए मुकुन्देलाई, अभिभावक दिवसमा गएकी महिला हेड मास्टरसँगै भइन बेपत्ता, मुकुन्देले भनेहेलिकप्टरबाट मकै छर्ने गरी देश विकास गर्ने हो ।, मङ्गल थापाको बिश्लेषणदिल निशानी मगर महान बिश्लेषक हुन । ज्वाला सङ्ग्रौलाले भनिन्देशमा भ्रष्टाचार धेरै छ । दिल निशानी मगरले भनेप्रचण्ड राम्रो नेता हुन । झलनाथको खुलासादेश विकास हुनु पर्छ । मायामा चोट खाएपछि खोलेको चिया पसलबाट मनज्ञै आम्दानी, ऋषि धमलाले यसरी खुलाए ज्योती मगरको भर्जिनिटी, पि.एच.डी. स्कलर पुण्य गौतम र बरीष्ठ नारी अधिकारकर्मी साबित्री सुबेदी एकै मन्चबाट भनेदेश मा बिकास हुनै पर्छ । पीडित नाबालिका गायिकाको भङ्गाकुर च्यातिएको रिपोर्ट आयो । पल शाह र एक नाबालिका गायिका प्रकरण यती बेला यस मानेमा पनि ब्यापक बन्दै छ कि ।  

हाम्रा बेरोजगार युटुब्बेहरुले पलपल मै नयाँ-नयाँ शिर्षकमा खबर अपलोड गर्दै यसलाई आवश्यक भन्दा बढ्ता ब्यापक बनाइ रहेका छन । दमौली बजारमा २ सय भन्दा बढी युट्ब्बेको जमात लागेको कुरा होटल व्यवसायी संघ तनहुँका एक सदस्यले जानकारी दिएका छ्न । उनिहरुले अनेक अनेक बकम्फुसे कुरा, बकम्फुसे बक्ताहरुसँग कुरा गर्दै फुलबुट्टा भरेर शिर्षक राखी अनेक अनेक कुरा बजारमा छर्दै छन । उनीहरुले अपलोड गरेको त्यस्तै बकम्फुसे कुरालाई फेरी हामी फुर्सदिला र इन्टरनेट पहुँचमा भएकाहरुको काम नै हुन्छ हेरिदिने र आफ्नो तर्क कमेण्टमा राखिहाल्ने, हो यी र यस्तै प्रसङ्गले हिजो आज बजार तताइरहेको छ ।

के माथीका कुनै खबर शिर्षकमा कुनै दम वजन अनि तुक छ होला र ? कसले भने बरिष्ठ त्यस्ता स्वाँठहरुलाई अनि नेताले देश बिकास गर्नुपर्छ भन्दा त्यो पनि थोडी न्युज शिर्षक बन्छ होला र ? यसो सम्झँदा लाग्छ धिक्कार हाम्रा मिडिया अनि झन धिक्कार त्यस्ता पितपत्रकारिताका मसीहाहरुलाई । जसलाई अरु कसैको कुनै पर्वाह छैन । यो सबै देख्दा र सुन्दा यसका आविष्कारकहरु पनि हाम्रा देशमा आए भनेधिक्कार मैले के यत्तीका लागि नै हो त यत्रो दुख गरेर यसको आविष्कार गरेकोभनेर ओठ लोपार्दा हुन ।

जसलाई पत्रकारिताकोसमेत थाह छैन अनि आम सञ्चारको इथीक समेत थाहा नहुने स्वाँठहरुले एउटा डिएसएलआर क्यामेरा घाँटीमा झुण्ड्याउन साथ सञ्चारकर्मी अरे । न त कुनै दर्ता, न कुनै कार्यालय न कुनै आबद्धता न त कुनै इजाजत न त कुनै सेन्सरसिपको पालना, न कुनै सामाजिक दायित्व । भ्युज कै आधारमा बिज्ञापन सङ्कलन गरी पैसा असुल्ने हसुरी प्रबृती । दुःखी भोका नाङ्गाहरुको संबेदनशील भिडियो समेत बनाई उनीहरुको दयनिय अवस्थालाई झन कारुणिक बनाएर शुभ चिन्तकहरु बिशेष गरी परदेशीयकाहरुबाट रकम असुली गरी लाख उठाइएको छ भने केहि केजी चामल र केहि जोर कपडा किनिदिएर त्यस्ता राहतलाई अनेक अनेक फुल बुट्टा भरेर भिडियो बनाएर त्यसलाई बाघ नै मारेर आएको जस्तो अनेक गर्जनका साथ एनिमल प्लानेटमा बन्यजन्तु खोज्न जाँदाओह माइ गडभनेर बोले जसरीउफ उफगर्दै के के न गरेको जसरी भिडियो एङ्गल एङगल बाट खिँची सोलाई उहि आम्मामा वाला शिर्षक दिइ सोबाट भ्युज अनि सब्स्क्राइब बटुल्नेयुटुब्बे कुपात्रहरुले गर्दा आज धेरै राम्रा राम्रा काम गर्न चाहाने पत्रकारहरु र असल नियतका युट्युब सञ्चालकहरुले समेत बदनामी हुनु परेको छ ।

यँहा मैले बुझ्न नसकिरहेको कुरा चाहि, यि युट्युबहरुलाई समाचार प्रकाशन प्रसारण गर्न अनुमती कसले दियो ? यदी बिना अनुमती उनिहरुले जथाभावी बेलगाम बर्बाराउदै हिँड्छन भने त्यो गैरकानुनी काम भइरहँदा राज्यले किन कठालो समाएर तह लगाउन नसकेको होला ? केहि पहिला मात्र नेपाल सरकारले जारी गर्न लागेको मिडिया बिधेयकले यि र यस्ता मिडिया पोर्टलहरुलाई नियमन गर्ने कुरा उल्लेख भएको थियो जुन संसदबाट पारित हुनु अगाडि मुलधारका मिडिया अनि राम्रा पत्रकारहरु समेतले विरोध जनाएको कारण स्थगन भएको छ । जहाँ सबै कुरा राम्रा नभएको भए पनि यस्ता युटुब्बेहरुलाई तह लगाउने खालका केहि धारा अत्यन्तै सरहानीय थियो तर अपसोच त्यो पास हुन पाएन ।

यस आलेखको मुल मर्म त्यी राम्रा, खोजमुलक अनि यथार्थ परक खबर अनि मनोरन्जनात्मक सामाग्रीहरु प्रसारण गर्ने युट्युबरहरुलाई निरुत्साहन गर्न खोजेको चाँही पक्कै होइन । सबै युट्युब्बे खराब छन भन्ने आशय किमार्थ होईन मेरो । हेर्ने कथा कि विद्या चापागाँई, इन्द्रेणीका कृष्ण कँडेल लगायतलाई पनि तिनै बकम्फुसे युट्युब्बेसँग तुलना गर्नु भनेको महापाप हुन जाला । यो केवल ति खुरापाती आत्माहरुलाई शाब्दिक झापड हान्न खोजिएको हो जसमा जनमानसको कर्तब्यबोध एकरत्ती पनि छैन । 

युट्युबको काम केवल सिमा भित्र बसेर मनोरन्जनात्मक समाग्रीहरु पस्कने हो । यिनीहरुले पत्रकारिता गर्ने होईन अनि सामाजिक सञ्जालले पनि आफ्नो परिधी नाग्नु भएन । यस्ता भ्रामक खबर सम्प्रेषण गर्ने च्यानलहरुको प्रकाशन तुरन्तै बन्द गरिदिनु पर्दछ र त्यस्ता खबर दिने एड्मिनहरुलाई कारबाहीको दायरामा ल्याउन कानुन द्रुतमार्गबाट बनाएर भए पनि यस्ता गलत कामलाई निरुत्साहित गरिहाल्नुपर्छ अन्यथा यस्ता युट्युब्बेहरुले समाजमा झन आतङ्क सिर्जना गर्दछन भने बिपतका समयमा झन पीडा माथी पीडा थपिदिने काम गरिरहेका छन ।

फेसबूक्, टिकटक, युट्युब्, भाइबर लगायतका सञ्जालहरुले प्राय सबै मुलुकहरुमा आफ्ना आफ्ना प्रतिनिधीहरु नियुक्त गरेका हुन्छन जसले त्यसमा हुने अमर्यादित पोस्टहरुलाई सेन्सर गर्ने काम त पक्कै गर्दछ तर कुतर्कहरु अनि संवेदनाहिन कुराहरुलाई यसले अटो सेन्सर गर्न सक्दैन तसर्थ यस्ता काम नलाग्ने खालका जथाभावी पोस्ट्याँई गर्नेहरुलाई नियमन गर्न यो सँग सम्बन्धी कानुन बनाएर व्यवस्थित गर्न ढिलो भइरहेको अवस्थामा पछिल्लो पटक यो साता सरकारले पनिअब त अति नै भयोभनेर उनीहरुलाई निगरानी र नियमन गर्ने कोशिस गरेको खबरले आम मानिसले चैनको सास फेर्न लगेका छन । योकोशिसले चाँडै मुर्त लिएको हेर्न बाँकी छ । लेखकनिर्मल घिमिरे

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button