जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनताले विश्वास गर्ने गरी जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौँमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालले गरेको कार्यक्रममा तिमिल्सिनाले जनताप्रतिको उत्तरदायित्वलाई बुझेर जनप्रतिनिधिले काम गर्नुपर्ने बताएका हुन् ।

उनले स्थानीय तहमा दोहोरिन चाहनेले पनि आफूले देश र जनता तथा समाजका लागि गरेको कामको स्वमूल्याङ्कन गर्नुपर्ने धारणा राखेका छन् ।

देश बनाउने काम प्रत्येक नागरिकको पनि रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले नागरिकलाई देशप्रति उत्तरदायी बनाउने काम जनप्रतिनिधिकै रहेको बताए ।

उनले भ्रमपूर्ण कुराबाट सचेत रहेर विवेकपूर्ण तरिकाले जनप्रतिनिधिको छनौट गर्नुपर्ने पनि बताए । कार्यक्रममा गाउँ सभा/नगरसभा सञ्चालन तथा कानुन निर्माण प्रकृयासम्बन्धी स्रोत पुस्तिका विमोचन गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button