आर्थिक विकास रणनीतिबारे एक चर्चा

– औद्योगिक पूँजीवाद कि समाजवाद ?
(१) नेपाल गरिब देश हो । श्रमशक्ति ठुलो छ प्रति बर्ष ६ लाख युवाहरु श्रम बजारमा प्रवेश गर्दछ्न । ६० लाख जनता निरपेक्ष गरिको दुश्चक्रमा फसेका छ्न । लामो कालसम्म विपन्न हुँदै आएको नेपाल भखरै सामन्तवाद र अर्ध सामन्तवादको ऐतिहासिक चरण पुरा गरेर पूँजीवादको नयाँ चरणमा प्रवेश गर्ने जमर्को गर्दै छ । तर यो पूँजीवाद उत्पादनमुखी राष्ट्रिय औद्योगिक पूँजीवाद नभएर परजीवि, परनिर्भर, पराश्रीत र केहि ब्यक्तिका आसेपासे मान्छे पोस्ने खाल्को छ । यो पूँजीको चरित्र दलाल खालको छ । यसले राष्ट्रिय पूँजीवादको पक्षपोषण गर्दैन । यसकारण यसलाई ब्युरोक्राटिक एवं क्रोनिक्यापिटालिज्म भन्ने गरिन्छ । यसैले यसलाई प्रतिस्थापन गरेर क्रमसः कृषि, औद्योगिक र सेवा क्षेत्रको विकास गर्दै र पूँजीको निर्माण गर्दै समाजवादको आधार तयार गर्ने कि ? अहिले हतारिएर काल्पनिक समाजवादका फ्रोसा सपनाहरूमा रमाउने हो ? यो सैद्धान्तिक बहस गरी एउटा निष्कर्षमा पुग्न सक्नु पर्दछ । आजको युग कुनै सर्वहारा क्रान्तिको युग होइन वरु अगाडि बडेको आर्टिफिसियल एन्टलिजेनसको चौथो औद्योगिक क्रान्तिको युग हो । तर शिक्षा स्वास्थ्य र रोजगार जस्ता मुद्दाको जिम्मा राज्यले लिने र अन्य कुरा निजि क्षेत्रलाई सहभागी बनाउदै उत्पादनमा जोड दिदैँ वितरणमा ध्यान दिने र आयात प्रतिस्थापन गर्ने अर्थनीति अख्तियार गर्दै जाने बाटो लिनु उपयुक्त र सही बाटो हुन्छ ।

–नेपाली अर्थतन्त्रको क्षेत्रमा राज्यको भुमिका मुख्य हुन्छ कि बजारको भुमिका मुख्य हुन्छ ?
(२) राज्य र बजार कुन प्रधान भन्नेबारे हाम्रो स्पष्ट दृष्टिकोण निर्माण भएको छैन । नेपालको सन्दर्भमा अहिले सम्म देशव्यापी बजारको विकास हुन सकेको छैन । निर्वाहामुखी अर्थतन्त्रको ठुलो हिस्सा कायम रहेको स्थितिमा हामी एक चरण साना, मझौँला हुँदै ठुला उद्योग वा उध्यमशिलता र बजार बिस्तारमा जोड दिदैँ प्रतिस्पर्धी पूंजीवादको आधार निर्माण गर्नु उपयोगी र सही रणनीति हुन्छ । राज्यको भुमिका महत्त्वपूर्ण हुन्छ नै तर हामीले बजार विस्तारमा जोड गर्नु अति आवश्यक हुन्छ ।

– चौथो औद्योगिक क्रान्तिमा हाम्रो स्थान कुन हो ?
(३) नेपाल तेस्रो बिश्व हो । नेपालको आय पर क्यापिटल आम्दानी १०९१ डलर मात्र छ । हाम्रो देश गरिवको कोटामा पर्छ । यदि विश्व श्रम बजारमा १ करोड नेपाली युवाले पसिना बगाउँदैन थिए भने देशको चालु खर्च धन्न सकिदैन थियो । देशमा भयानक हिंसा र बिद्रोह भइसक्थ्यो । तर पनि नेपालको तेस्रो विश्वको स्तरबाट सन २०२२–सम्म दोस्रो विश्व हुँदै सन् २०३० मा मध्यमस्तर हुदै २०४० सम्म प्रथम विश्वको स्तरमा पुग्ने घोषित लक्ष्य रहेको छ । आज विश्व चौथो औद्योगिक क्रान्तिको चरणबाट गुज्रिरहेको छ तर नेपाल ग्रामीण निर्वाहमुखी कृषि अर्थतन्त्रको युगबाट अगाडि जान सकेको छैन । बेरोजगार युवा गाउँमा हुँदैनन् विदेश हुन्छन र युवाले पठाएको विप्रेशणले राज्यको चालु खर्च चलेको छ । नेता करोडौंको गाडी चड्छ्न र कर्मचारीले करोडौंको भ्रष्टाचार गर्छ्न । देशको अवस्था आर्थिक रूपमा कहालीलाग्दो छ । हाम्रो दायित्व के हो ? १८औं शताब्दीको मध्यमदेखि १९औं शताब्दिको मध्यसम्मको वाष्फ इन्जिनको युगलाई पहिलो, औद्योगिक क्रान्तिको युग मानिन्छ । १९औं शताब्दीको मध्य देखि २०औं शताब्दीको मध्यको बिजुलीको युग दोस्रो क्रान्ति हो भने, त्यस्तै २० औ शताब्दीको मध्य देखि अन्त्य सम्म डिजिटल युगको तेस्रो क्रान्ति र २१ औं शताब्दीको सुरु देखिको डिजिटल, नानो जेनोम र आर्टिफिसियल इन्ट्लिजेन्स (एआइ)को एकीकृत प्रविधिको युगलाई चौथो औद्योगिक क्रान्ति मानिन्छ । सापेक्ष रुपमा नेपाल आज निर्वाहमुखी कृषि अर्थतन्त्रको युगमा छ र अहिले सम्म पहिलो औद्योगिक क्रान्तिको युगमा सम्म प्रवेश गर्न सकेको छैन । अव नेपाली राजनीतिक पार्टी र राज्यले एकैपटक चारवटै औद्योगिक क्रान्ति सम्पन्न गर्ने रणनीति अख्तियार गर्न आवश्यक छ । नेपालका साम्यवादी पार्टी हुन वा कांग्रेस पार्टीले कतै पनि यति संवेदनशिल विषयलाई आफ्नो चुनावी मुद्दा बनाएको पाइन्न् । दुर्भाग्यका साथ भन्नु पर्दा वरु चुनावबाट चुनावसम्म र सत्ता दोहन कसरी गर्ने भन्नेमा मात्र केन्द्रीत रहेकोे पाइन्छ । दुर्भाग्य आर्थिक क्रान्तिको प्रष्ट भिजन देखिदैँन ।

–श्रम मुख्य हो कि पूँजी प्रधान हो ?
(४) हाम्रो अति अल्पविकसित कृषि र ठुलो ग्रामीण वाहुल्य रहेको अर्थतन्त्रमा श्रम अधिक र पूँजी कम हुने गर्दछ, नेपाल जस्तो यस्तो भीषम परिस्थिति कायम रहेको देशमा श्रम र पूँजीको दुवैको सन्तुलन मिलाएर आर्थिक क्रान्ति सम्पन्न गर्ने रणनीति तय गर्नु पर्दछ । दुई दशकसम्म निरन्तर दुई अंकको वृद्धिदर हासिल गर्न कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत पूँजीगत लगानी गर्नुपर्ने हुन्छ र त्यस्को लागि आन्तरिक पूँजीको अतिरिक्त ठुलो मात्रामा विदेशी पूँजी/प्रविधि लगानी भित्रयाउनु पर्दछ ।

–आर्थिक वृद्धि मुख्य हो कि वितरण मुख्य हो ?
(५) सन २०४० सम्म तेस्रो विश्वबाट पहिलो विश्वमा फड्को मार्न हामीले हाम्रो प्रतिब्यक्ति गार्हस्थ उत्पादनलाई अहिलेको भन्दा २० गुणा बढाउनु पर्दछ, त्यसका निम्ति अहिले देखि निरन्तर दुई अङकको वृद्धिदर अनिवार्य पुर्वसर्त हो र उत्पादन नगरी वितरण हुन सक्दैन । तर राज्यले वितरण मुख्य बनाएको छ र अनावश्यक वितरणले भयावह स्थिति ल्याउछ । आजको समस्या वृद्धि भन्दा बिततण मुख्य बनाउनुको परिणाम हो । अब राज्यको नीति वितरण भन्दा आर्थिक विकासलाइ प्रमुख रणनीति बनाउन आबश्यक छ ।

–कृषि प्रधान हो कि उद्योग प्रधान हो ?
(६) परम्परागत कृषि क्षेत्रमा दुइ तिहाई श्रमशक्ति अल्झाइराखेर कुनैपनि देश समृद्ध हुन सकदैँन। त्यसैले विकसित देशहरूमा कृषि श्रमशक्तिको अनुपात १/२ प्रतिशत मात्र हुने गर्दछ । हामीले पनि औद्योगिक क्रान्तिको आधार तयार गर्न अरुमा कृषि क्षेत्रको आमुल रुपान्तरण गरेर अतिरिक्त श्रमशक्ति उद्योग र सेवा क्षेत्रमा स्थानान्तरण गर्ने, कृषि क्षेत्रको पूँजी सञ्चय कृषिजन्य उद्योगहरुमा लगानी गर्ने र कृषिको मेसिनेरीकरण गरेर बजार बिस्तार गर्ने निति लिनु पर्दछ र साथै राज्यले उच्च-वृद्धिदर हासिल गर्न र उत्पादनशिल रोजगारी सिर्जना गर्न गैर कृषिजन्य क्षेत्र वा उद्योग र पर्यटन लगायतका सेवा क्षेत्रको विकासमा बडी जोड लगाउनु पर्दछ ।

– भु–राजनीतिक अवस्था चुनौती हो कि अवसर हो ?
(७) अमेरिका, चीन र भारत जस्ता आर्थिक महाशक्ति राष्ट्रहरुको उच्च प्राथमिकतामा नेपाल पर्नु रणनीतिक महत्त्वको विषय हो । आजको चौथो औद्योगिक क्रान्तिको युगसम्म आइपुग्दा अमेरिका, चीन र भारत बीच पहिलो आर्थिक महाशक्ति को हुने भन्ने बारे होड्बाजी भइरहेको छ । यस्तो आश्वस्त प्रतिस्पर्धाले हाम्रो भु-राजनीतिक जटिलता थपिएको यथार्थ हो । तर दुई छिमेकीको गरी २७४ करोड जनसंख्या र १३.५ ट्रिलियन डलर अर्थतन्त्रको महासागर र अमेरिका पहिलो महाशक्ति बीचमा तिन करोड जनसंख्या र ३० बिलियन डलर भएको अर्थतन्त्र टापु नेपालले समुन्द्रमा निस्सासिने होइन कि कुशलतापुर्वक डुङ्गातर्न सिपालु हुनसक्नु पर्दछ नकि तिनवटै देशहरूको छाँयाको भुतबाट तर्सनु पर्दछ । यसकारण हाम्रो अर्थतन्त्रलाई अन्तरमुखीबाट बाहिर निकालदै बाह्रैमुखी दिशा तय गर्नु वा ढोका बन्द गरेर होइन भारत, चीन र अमेरिकाको मुल्य शृङ्खला मिलाउदै तिनै राष्ट्रहरुसित भु-राजनीतिक पद चाप मिलाउदै भारतको बिप्पा, चीनको बिआरआई र अमेरिकी एमसीसीजस्ता ठुला परियोजना र विदेशी पूँजी/प्रविधि भित्रियाउन र औद्योगिक पूँजीको विकास गरी समाजवादको दिशामा जाने नीति अख्तियार गर्न सक्नु पर्दछ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button