सिन्धु बिकास बैंक र युवा तथा साना ब्यबसायी स्वरोजगार कोषबीच सम्झौता

चित्र मिजार, सिन्धुपाल्चोक । सिन्धु बिकास बैंक लिमिटेड र युवा तथा साना ब्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।

बैशाख ८ गते भएको उक्त सम्झौतामा कोषका कार्यकारी निर्देशक बिश्व मोहन अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरीले सम्झौता पत्रमा हस्तक्षर गर्नु भएको छ ।

सिन्धु बिकास बैंकले आफ्नो कार्यक्षेक्र अर्न्तगत रहेका १८ बर्षदेखि ६० बर्षसम्मका बेरोजगार ब्यत्तिहरुलाई लक्षित गरेर उनीहरुको क्षमता बिकास र ब्यापार ब्यबसाय बृद्धि गर्न स्वरोजगार कोषबाट कर्जा प्रदान गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत गिरीले जानकारी दिनु भयो । प्रतिब्यक्ति दुई लाख र समूहगत रुपमा ३० लाख सम्म सहुलियत कर्जा प्रदान गरिने उहाँले बताउनु भयो ।

युवा स्वरोजगार कोष मार्फत कोषले बैंकलाई बार्षिक चार प्रतिशतका दरले कर्जा उपलब्ध गराउने छ । कर्जा लिई ब्यबसाय गर्न इच्छुक युवायुवतीलाई बैंकले बार्षिक ८ प्रतिशतका दरले तीन बर्ष ६ महिना अबधिका लागि कर्जा प्रदान गर्नेछ । युवा स्वरोजगार कर्जा उपभोग गर्न चाहने ऋणी परियोजना दुबै बैंक मार्फत बीमा समेत गरिदिने प्रबन्ध मिलाई दिएको छ । साथै कर्जाको साँवा र ब्याज समयमा नै तिर्ने असल ऋणीलाई तिरेको ब्याजको ६० प्रतिशत सम्म रकम अनुदान फिर्ता गरिदिने जनाइएको छ ।

सिन्धु बिकास बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभेपलाञ्चोक, मकानपुर, चितवान जिल्ला अर्न्तगत रहेका ५० वटा शाखाबाट उक्त कर्जा प्रवाह गर्ने भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button