राति १० बजेसम्मको अपडेट : ७७ मतदान केन्द्रको मतदान स्थगित, ६४ प्रतिशत मतदान

काठमाडौँ– देशभरका गरी ७७ वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।

निर्वाचन आयोगले १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका गरी कुल ७७ वटा मतदान केन्द्रमा दलहरूको आपसी विवाद र झडपका कारण मतदान स्थगित भएको जनाएको हो ।

निर्वाचन आयोगले राति १० बजे अपडेट गरेको यो आ‌ंकडा हो । कतिपय मतदान केन्द्रमा मौसमको खराबीका कारण पनि स्थगित भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको पनि बताए । त्यस्तै, आयोगले करिव ६४ प्रतिशत मतदान भएको पनि जनाएको छ । यद्यपि, यो प्रारम्भिक आंकडा मात्र भएको आयोगले स्पष्ट पारेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button