नगरप्रमुख बस्नेतको पदभार र जनतामुखी निर्णय सार्वजनिक

रातोपाटीन्युज, सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले पदभार ग्रहण गर्दै पहिलो निर्णय सार्वजनिक गर्नु भएको छ ।

सोमबार दिउँसो मेयर बस्नेतले पदभार ग्रहण गर्दै बाह्रबिसे नगरभित्रका दीर्घरोगी र जेष्ठ नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण र औषधाी उपलब्ध गराउने, नगरभित्र बहुप्राबिधिक शिक्षालय स्थापना गर्ने जानकारी दिनु भएको छ ।

आगलागीलाई नियन्त्रणका लागि बरुणयन्त्र खरीद गर्ने र चौबिसे घण्टा उपयोगिताका लागि तैनाथ राख्ने, नगरभित्रका सामुदायिक बिद्यालयमा कक्षा १ देखि ८ सम्म निशुल्क दिवा खाजा ब्यबस्थापन गर्ने, बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई स्त्तरोन्नति गरेर क्षेत्रीय स्तरको अस्पताल बनाउने, कृषि, पशुपालनलाई बिशेष प्राथमिकतामा राखेर पकेट क्षेत्र घोषणा, अनुदान, भण्डारण, प्रशोधन र बजार ब्यबस्थापन प्रबन्ध गर्ने, बिभिन्न क्षेत्र परिचालनका माध्यमबाट नगरबासीलाई रोजगार र आत्मनिर्भर बनाउन मेयर बस्नेतले लिखित निर्णय गर्नु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button