त्रिपुरासुन्दरी गाउँपालिकामा जनप्रतिनिधिहरुको यस्तो छ जनमुखी कार्य

सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेसका जिल्ला सचिव भक्तध्वज बोहराले त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष पदको पदबहाली गरेसँगै जनमुखी कार्यको सुरुवात थालेका छन ।
गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न शिक्षाको बेसलाइन सर्वे गरेर त्यसैको रिपोर्टको आधारमा यसै शैक्षिकसत्रबाट सबैले सुधारको महशुस हुनेगरी कार्य गर्ने गरी काम सुरुवात गरिएको छ । कृषिमा अहिले रासायनिक मलको समस्या रहेकोले त्यसको समाधान गर्ने, बन्द रहेको सडक तत्काल खुलाउने कार्यको थालनी गरिएको छ । उत्पादनमा आधारित अनुदान कार्यक्रम संचालन गरी बजारीकरण गर्ने लक्ष्य बोकेका अध्यक्ष बोहराले गाउँपालिकाबाट लिइदै आएको सबै खालको दस्तुर (घटना दर्ता बाहेक) मिनाह गरेका छन् ।
धार्मिक/सांस्कृतिक तथा पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्ने तथा तत्काल नागरिक स्वास्थ्य बिमा कार्यक्रमको शुरूवात गर्ने गाउँपालिका अध्यक्ष बोहराले बताए । उनी अत्यन्तै शालीन नरम स्वभावका र छिटै सबैसँग घुलमिल हुन सक्ने व्यक्ति हुन ।
नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेकी गाउँपालिका उपाध्यक्ष गिताकुमारी नेपालका अनुसार आफुले निष्पक्ष ढंगले सबैले न्यायको अनुभुती पाउने गरी सेवा दिने, भूगोलको आधारमा कृषिमा आधुनिकीकरण गर्ने, आमा समुहरुसँग प्रत्यक्ष समन्वय गरी आवश्यकताको आधारमा कार्यक्रम संचालन गर्ने लक्ष्य छ । त्यसैगरी अपांगहरुको वर्गीकरण गरी उचित भत्ताको व्यवस्था गर्ने, कसैलाई शिक्षाबाट बन्चित नगर्ने, स्वास्थ्यमा देखिने गरी सुधार गर्ने उपाध्यक्ष नेपालले बताइन् ।
त्रिपुरासुन्दरी गाउँपालिकाको निर्वाचित जनप्रतिनिधिहरुः
गाउँपालिका अध्यक्षः भक्तध्वज बोहरा
गाउँपालिका उपाध्यक्षः गिताकुमारी नेपाल
वडा नं. १ (घोर्थली) वडाअध्यक्ष: सिताराम थापा
उहाँ शिक्षक तथा सामाजिक परिचालक भएर काम गरिसकेका थापा गाउँमा जन्म, मृत्यु देखि हरेक सुखदुःखमा सामेल हुदै आएकाले समाजमा लोकप्रिय व्यक्तित्वको रुपमा परिचित छन। समाजसेवी भावना भएका वडाअध्यक्ष थापाको टिमः
सदस्य: चरिमाया तामाङ
सदस्य: सोममाया विश्वकर्मा
सदस्य: कमलप्रसाद तिमल्सिना
सदस्य: विरबहादुर गुरुङ
वडा नं. २ (चोकटी) वडाअध्यक्ष: रमेश राउत
निर्माण व्यवसायी पृष्ठभूमिका राउत पनि सामाजिक सेवाको भावनाले भरिएका व्यक्ति हुन । नरम स्वभावका उनी सबैसँग सजिलोसँग घुलमिल हुन्छन् । भुकम्प, कोरोनाको समय र प्राकृतिक विपत्तिमा उनको ठूलो योगदान रहेको छ। यस्ता छन उनको सारथीहरु:
सदस्य: स्वस्थानी गुरुङ
सदस्य: रिमा रिजाल
सदस्य: काजिमान थामी
सदस्य: श्याम श्रेष्ठ
वडा नं. ३ (धुस्कुन) वडाअध्यक्ष: शिबकुमार कार्की
शिक्षण पेशाको लामो अनुभव र गैरसरकारी संस्थामार्फत समाजसेवामा लागेका कार्की कहिल्यै पक्षपात व्यवहार गर्दैनन् । समाजको सधैं हित रुचाउने उनी विपक्षीको समेत रोजाइमा पर्न सफल छन । यस्ता छन उनका सारथीहरु:
सदस्य: सीता थामी
सदस्य: मानकुमारी नेपाली
सदस्य: नरबहादुर तामाङ
सदस्य: विजय श्रेष्ठ
वडा नं. ४ (पिस्कर) वडाअध्यक्षस् टेकबहादुर गुभाजु (विजय)
सानै उमेर देखि अत्यन्तै संघर्ष गरेर जीवन समाज बुझेका गुभाजुले आफुले पाउने सेवा सुविधा समेत सामाजिक हितको क्षेत्रमा काम गर्ने लक्ष्य रहेको छ। निर्माण व्यवसायी पृष्ठभुमि भएका उनका सारथीहरु यस्ता छन:
सदस्य: ज्ञानी थामी
सदस्य: लक्ष्मी नेपाली
सदस्य: आशिष श्रेष्ठ
सदस्य: रामकृष्ण खड्का
वडा नं. ५ (तौथली) वडाअध्यक्ष: यादव श्रेष्ठ
समाजमा अत्यन्तै लोकप्रिय रहेका श्रेष्ठ पनि निर्माण व्यवसायी पृष्ठभुमिका हुन । श्रेष्ठले तौथलीमा तत्काल हुनेगरी खानेपानी र बाटोको स्तरउन्नति गर्ने, शिक्षा, स्वास्थ, मठमन्दिरस्तर उन्नति गर्ने, वडा कार्यलयले सेवा केन्द्र संचालन गर्ने, त्रिपुरासुन्दरी मन्दिरमा घेरालुको व्यवस्था गर्ने तत्कालको लक्ष्य छ भने अब बिकासप्रेमी युवाहरूलाई समेटेर अगाडि बढ्ने उनको उद्देश्य छ। सधै स्थानीयको सुख दुःखमा हातेमालो गर्दै आएका उनको सारथीहरु यस्ता छनः
सदस्य: हिरामाया श्रेष्ठ
सदस्य: रमिता बि. क.
सदस्य: राजेश श्रेष्ठ
सदस्य: प्रेमबहादुर श्रेष्ठ
वडा नं. ६ (टेकानपुर) वडाअध्यक्ष: रमेश बोहरा
शिक्षण पेशाबाट आएका बोहरा कुशल नेतृत्वकर्ता पनि हुन । शिक्षाको गुणस्तर सुधार गर्ने, जेष्ठ नागरिक भत्ता घरमै लाने बोहराको तत्कालको लक्ष्य छ। समाजसेवी भावनाले ओतप्रोत बोहराका सारथीहरु यस्ता छनः
सदस्य: सोममाया श्रेष्ठ
सदस्य: देवकी नेपाली
सदस्य: भक्तकुमार श्रेष्ठ
सदस्य: मनकुमार बोहरा
त्रिपुरासुन्दरीमा काङ्ग्रेसको २४ र एमालेको ८ जना जनप्रतिनिधि भएकोले कार्यपालिका निर्वाचन जेठ १४ मा काङ्ग्रेसको मात्रै दुई तिहाइ बढी भएकोले काङ्ग्रेसको एकलौटी कार्यपालिका बन्ने देखिन्छ ।