निर्वाचन आचारसंहिता मंगलबारदेखि हटाइयो

काठमाडौं- स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आज (मंगलबार) देखि हटाएको छ।
निर्वाचन सम्पन्न भइ अन्तिम परिणाम आउनेक्रममा रहेको भन्दै आयोगले आचारसंहिता हटाएको जनाएको हो।
‘निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी भएको निर्वाचन आचारसंहिता, २०७८ को दफा १ को उपदफा २ बमोजिम मिति २०७८/१२/२५ गतेदेखि मुलुकभर लागू उक्त आचारसंहिता मिति २०७९/०२/१० गतेदेखि लागू नरहने व्यहोरा आयोगको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ आयोगले जारी गरेको सूचनामा भनिएको छ।