ललितपुरको मेयरमा चिरिबाबु महर्जन विजयी

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जन विजयी भएका छन् ।
कांग्रेस उम्मेदवार महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८१६२ मत अन्तरले पराजित गरेका हुन् ।
उपमेयरमा भने एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य विजयी भएकी छन् । उनले माओवादी केन्द्रका उम्मेदवार बाबुराजा बज्राचार्यलाई पराजित गरेकी हुन् ।